Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

बाहिरियो ‘रोमियो एण्ड मुना’ को राक्षस रुप

फिल्मीखबर, काठमाण्डौ, 2018/06/12
साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को मोन्सटर पोस्टर रिलिज भएको छ । निर्माण टिमले फिल्मको राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरेको छ । 
 
'आफू भित्रको दानवलाई चिन्नुस्' भन्ने ट्याग लाइनसहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । 'मोन्सटरलाई पनि फिल्ममा एउटा पात्रको रुपमा देख्न सकिनेछ', निर्देशक नरेश कुमार केसी भन्छन्, 'फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं ।' 
 
 
फिल्ममा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । 
 
शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । ‘रोमियो एण्ड मुना’ लाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् । 
 
उक्त फिल्ममा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । 
Most Visited News (monthly)