Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सलमानको फिल्ममा देखिँदैछन् कपिल ?

एजेन्सी, मुम्बई, 2018/06/12
अहिले बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म 'रेस ३' को पब्लिसिटीमा व्यस्त छन् । पब्लिसिटीको क्रममा उनले आफ्नो आगामी प्रोजेक्टको विषयमा खुलेको बताएका छन् । 

सलमान ‘भारत’, ‘दबंग ३’, ‘किक २’ र रेमोको डान्सिङ फिल्मसँगै ‘शेर खान‘ मा देखिँदैछन् । 
 
‘शेर खान‘ लाई सलमानका भाई सोहेल खान बनाउँदैछन् । त्यसो त यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । तर, बीचमा यो प्रोजेक्क्ट बन्द गरिएको थियो । सलमान भने उक्त प्रोजेक्ट बन्द नभएको बताउँछन् । 
 
सोहेल खानले निकै वर्ष अगाडि कमेडियन कपिल शर्मालाई यो फिल्ममा लिने वाचा गरेका थिए । यो त्यसबेला जतिबेला कपिल ‘कमेडी सर्कस’ मा देखिन्थे । यो शोका सोहेल जज थिए । सोहीबखत उनले कपिललाई नयाँ फिल्म ‘शेर खान‘ मा लिने वचन दिएका थिए । 
 
कपिल शर्मा अहिले लामो छुट्टीमा छन् । सलमानसँग फिल्ममा आउनु कपिलका लागि सपना सत्यमा बदलिनु सरह हो । अहिले कमेडीका बादशाहको करिअर चौपट हुँदै गएको छ, अब उनलाई सलमानले सही किनारा दिन सक्नेछन् । 
 
'रेस ३' यसको उदाहरण हो । यो फिल्मबाट सलमान बबी देओल र डेजी शाह, साक‍िबको करिअरलाई रेस दिने कोशिशमा छन् ।  
Most Visited News (monthly)