Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

दीपिकाका कारण आलियाले बढाइनन् पारिश्रमिक

एजेन्सी, मुम्बई, 2018/06/11
फिल्म हिट भएपछि हरेक कलाकारले आफ्नो पारिश्रमिक बढाउने गर्दछन् ।  तर, फिल्म 'राजी' को सफलता पश्चात् पनि अभिनेत्री आलिया भट्टले भने आफ्नो पारिश्रमिक नबढाउने निर्णय लिएकी छिन् । 'राजी' एक्ट्रेसको यो निर्णयको पछाडि निकै ठूलो कारण दीप‍िका पादुकोण हुन् । 
 
खासमा, दीप‍िकाले 'पद्मावत' को सक्सेसपछि आफ्नो पारिश्रमिक निकै बढाएकी छन् । उनले फिल्म 'पद्मावत'का लागि आफ्ना को-स्टारभन्दा पनि बढी फिस बुझेकी थिइन् । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेकी थिइन् । 
 
 
तर, अहिले दीपिकासँग राम्रो प्रोजेक्ट आएपनि पछिल्लो फिल्म बराबरको पारिश्रमिकको अफर भने आएको छैन । करण जौहरको ब्यानर पनि उनलाई 'पद्मावत' को बराबर फिस दिन तयार देखिएको छैन । पारिश्रमिकका कारण उनको हातबाट कयौँ ठूला प्रोजेक्ट फुत्कने सम्भावना देखिएको छ । 
 
दीप‍िकाको यो अनुभवबाट आल‍िया एकदम अलर्ट छिन् । पहिलो फिल्मबाट नै हिटको तक्मा भिरेकी आल‍ियाले आफ्नो पारिश्रमिक खासै बढाएकी छैनन् । उनी राम्रो काम गर्न चाहन्छिन् । आलियाको यो निर्णय उनको करिअरका लागि सुखद हुने देखिन्छ । 
 
अचेल आल‍िया अमिताभ बच्चन, रणबीर कपूरसँग फिल्म 'ब्रह्मास्त्र' को छायांकनमा व्यस्त छिन् । यसपछि उनको रणवीर सिंहसँग 'गली ब्वाई' फिल्म पनि आउँदैछ । 
Most Visited News (monthly)