Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्ततः ‘छक्का पञ्जा ३’ मा भित्रिइन् स्वस्तिमा

फिल्मीखबर, काठमाण्डौ, 2018/06/11
 
यस वर्षको दशैंको फूलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा’ को तेस्रो सिरिजमा अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवेश भएको छ । मुर्हूतमा कलाकार तथा निर्माता दीपकराज गिरीले ठट्टा गर्दै स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएको हुँदा स्वस्तिमालाई अटाउन नसकेको बताएका थिए । 
 
यतिबेला यो फिल्मको पोखरामा छायांकन चलिरहेको छ । स्वस्तिमाले शनिवारबाट सुटिङ ज्वाइन गरिसकेकी छिन् । फिल्मको केही दृश्यसँगै एक गीतमा उनलाई देख्न पाइने निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । 
 
उनको दृश्य खिचिसकेपनि गीतको छायांकन भने बाँकी छ । स्वस्तिमाको इन्ट्री भएसँगै दर्शकमा फिल्मप्रति थप कौतुहलता बढेको छ । 'छक्का पञ्जा २' मा उनले प्रियंका कार्कीको छोरीको भूमिका निर्वाहा गरेकी थिइन् । फिल्मको असार पहिलो साताबाट सुटिङ सकिने बताइएको छ । 
 
यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । 'छक्का पञ्जा ३' मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन् । 
Most Visited News (monthly)