Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपालीलाई ‘रेस ३’ हेर्न सलमानको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2018/06/10
बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् । 
 
 
सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि शुभकामना दिएका छन् । उनको भारतसँगै नेपालमा पनि लोभलाग्दो फ्यान फलोइंग छ । 
 
नेपालबाट उनका हरेक फिल्मले करोडौंको कलेक्सन गर्दै आइरहेका छन् । उनका फिल्मले नेपालका मल्टिप्लेक्स र सिंगल स्कृन दुवैमा राम्रो कलेक्सन गर्ने गरेका छन् । १५ जूनबाट ‘रेस ३’ संसारभर प्रदर्शनमा आउँदैछ । 
 
रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।
 
यो फिल्मसँग जुध्न यसपटक पनि नेपाली कुनै पनि फिल्म प्रदर्शनमा नआउने भएका छन् । बलिउडका तीन खान (सलमान, शाहरुख र आमिर) का फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु असुरक्षित महशुस गर्दै कुना पस्ने परम्परा वर्षौदेखि चल्दै आइरहेको छ ।
 
हेर्नुस् सलमानको भिडियो सम्बोधन :-

Most Visited News (monthly)