Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘सिम्बा’ मा रणवीरको ‘सिंघम’ लुक्स

एजेन्सी, मुम्बई, 2018/06/10
बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सिम्बा’ हो । अचेल यो फिल्मको छायांकन चलिरहेको छ । यो फिल्ममा उनी 'संग्राम भालेराव' को भूमिकामा देखिँदैछन् । यस फिल्मका निर्देशक रोहित शेट्टी हुन् । 
 
फिल्मको सेटबाट रणवीर सिंहले आफ्नो लुक्स सार्वजनिक गरेका छन् । रणवीर द्वारा शेयर गरिएको तश्बिरमा उनी ब्लू कलरको सर्ट र पेन्समा देखिएका छन् । उनको यो लुक्स अजय देवगनको फिल्म ‘सिंघम’ को लुक्ससँग धेरै हदसम्म मिल्दोजुल्दो छ । 
 
 
‘सिम्बा’ मा रणवीर एंग्री पुलिस अफिसरको भूमिकामा देखिँदैछन् । तश्बिर शेयर गर्दै रणवीरले लेखेका छन्, 'रोहित शेट्टीको हिरो ।' फिल्ममा रणवीरका अलावा सारा अली खान लिड रोलमा छिन् । रणवीर र साराको यो फिल्म २८ डिसेम्बरमा रिलिज हुँदैछ । 
 
‘सिम्बा’ साउथ फिल्म 'टेम्पर' को रिमेक हो, जसमा जूनियर एनटीआर र काजल अग्रवाल मुख्य भूमिकामा थिए । फिल्मलाई रोहित र करन जोहरले संयूक्त रुपमा निर्माण गर्दैछन् । 
Most Visited News (monthly)