Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

फिल्मीखबर डटकमले पूरा गर्‍यो एक दशकको यात्रा

फिल्मीखबर, काठमाण्डौ, 2018/06/09
नेपाली फिल्मको प्रर्वद्धनमा निरन्तर यात्रारत फिल्मीखबर डटकम आजबाट दशौँ बर्षमा प्रवेश गरेको छ। अनलाईन फिल्म पत्रकारितामा सम्भावना खोज्दै १० बर्ष पहिले आजकै मितिमा स्थापना भएको फिल्मीखबर डटकम सदैव दर्शक तथा पाठकको चाहनाअनुसार अघि बढिरहेको छ । 
 
नेपाली फिल्म उद्योगको परिचय विस्तारका लागि, स्तरिय फिल्म निर्माणको अभियानमा मिडियाले खेल्नुपर्ने भूमिकाबाट फिल्मीखबर डटकम कहिल्यै पछि हटेको छैन । 
 
फिल्म उद्योगभित्र रहेका विकृतिलाई निरुत्साहित गर्दै तथा सकारात्मक मार्गमा प्रेरित गर्नका लागि हाम्रो यात्रा सधैं जारी रहनेछ ।
 
नेपाली फिल्मको बारेमा बिश्वभरका नेपाली फिल्मप्रेमी तथा शुभचिन्तकलाई सूसुचित गराउन सफल हुँदै आएको फिल्मीखबर मिडिया प्रा.ली.द्वारा सञ्चालित यस फिल्मीखबर डटकमको आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण पाठक, फिल्मकर्मी, बिज्ञापनदाताहरूप्रति आभार ब्यक्त गर्दछौं ।
 
सत्यतथ्य समाचार सदैव तपाईंहरूलाई पस्कने प्रतिबद्धता व्यक्त गर्दै भोलीका दिनमा पनि तपाईंहरूको साथ, माया र सद्भाव पाईरहने विश्वास लिएका छौं । 
Most Visited News (monthly)