Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मध्य भदौमा प्रियंका र आयुष्मानको ‘चङ्गा चेट’

फिल्मीखबर, काठमाण्डौ, 2018/06/08
नेपाली नक्कली नोटसहित पक्राउ परेपछि हाल प्रहरी नियन्त्रणमा रहेका निर्माता माधव वाग्ले निर्मित नयाँ फिल्म ‘चङ्गा चेट’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यही फिल्मका लागि बनाइएको नक्कली नोटका कारण उनलाई प्रहरीले हिरासतमा लिएको हो । 
 
निर्देशक दीपेन्द्र के. खनाल निर्देशित यो फिल्मको प्रदर्शन मिति भदौ १५ गतेलाई तय गरिएको छ । यो फिल्मको केही दिनमा 'गोजीमा दाम छैन' बोलको गीत रिलिज हुँदैछ । 
 
 
प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाहलगायतका कलाकारको ‘चङ्गा चेट’ मा अभिनय छ । 
 
फिल्ममा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत  छ । प्रिन्सेस मुभिजको प्रस्तुति रहेको उक्त फिल्म डार्क कमेडी जनरामा निर्माण भएको हो । 
Most Visited News (monthly)