Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान भन्छन्, ‘मात्र एक्सन फिल्म होइन ‘रेस ३’, चौथो पार्ट बनाउँछौँ’

एजेन्सी, मुम्बई, 2018/06/08
 
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'रेस ३' ईदमा रिलिज हुँदैछ । यस फिल्ममा एकपटक फेरि उनी एक्सन अवतारमा देखिँदैछन् । फिल्मको पछिल्लो दुई पार्ट हिट भएको थियो । सलमानले 'आजतक' सँग यस फिल्मको विषयमा विशेष कुराकानी गरेका छन् । 
 
१. कस्तो फिल्म हो ‘रेस ३’ ? 
 
‘रेस ३’ एक्सन फिल्म त हो नै, तर इमोशन पनि उतिक्कै छ । यो मात्र एक्सन फिल्म होइन । तपाईहरु सोच्नु हुनेछ अरु तर कहिले तपाई सही हुनुहुनेछ भने कहिले गलत । हरेक फिल्ममा ट्विस्ट टर्न्स हुन्छ । हरेक फिल्म हाम्रो लागि महत्वपूर्ण हुन्छ । 
 
२. बाँकी 'रेस' सिरिजका फिल्मभन्दा के अलग छ ? 
 
‘रेस ३’ को खुबी यो हो कि यो तीन गुणा राम्रो बनेको छ । रमेश तौरानी यस फिल्मका मालिक हुन् । हामीले यसपटक डिस्ट्रिब्यूशन पनि गरेका छौँ । फाइदा वा नोक्सान हाम्रो नै हुनेछ । म विजनेशम्यान होइन । मलाई विजनेशको कुरा धेरै राम्रोसँग थाहा पनि छैन । 
 
यो फिल्म मात्र म भएका कारण बनेको होइन । सह-कलाकार, राइटर, डाइरेक्टर, म्यूजिकसँगै फ्यानको उपस्थिति जरुरी छ । अनुभव निकै राम्रो रह्यो । हामी 'रेस ४' बनाउने सोचमा समेत छौँ । 
 
 
३. तपाईलाई मन पर्ने हिरो को हो ? 
 
मनपर्ने एक्सन हिरोे विनोद खन्ना, मिथुन चक्रवर्ती, संजय दत्त, सनी देओल, ज्याकी श्राफ र ८० को दशकका अमितजी (अमिताभ बच्चन) हुन् । धरमजी (धर्मेन्द्र) एक्सनसँगै रोमान्टिक कमेडी पनि कमालको गर्नुहुन्छ । धरमजी मोस्ट गुड लुकिङ व्यक्ति हुनुहुन्छ तर यो कुराको बढी क्रेडिट त्यसबेला खासै दिइएन । 
 
४. अनिल कपूरसँग कस्तो अनुभव रह्यो ? 
 
अनिल कपूरसँग 'नो ईन्ट्री', 'बीवी नं १', 'युवराज' जस्ता फिल्ममा सँगै काम गरेको छु । अनिल कहिले पनि आइडियल हिरो रहेनन् तर आजपनि उहाँ काम गरिरहनु हुन्छ । उहाँ अनुशासनसँगै आफूलाई पनि निकै ख्याल राख्नुहुन्छ । 
 
कुनै पनि रोल उहाँले न्यायपूर्वक निर्वाहा गर्नुहुन्छ । मलाई लाग्छ कि अमिताभ बच्चनलाई रिप्लेस उहाँले नै गर्नुहुन्छ । अनिल कपूरले यस्तो रोल गर्नुहुन्छ, जुन एकसमय हामी सबैले त्यस प्रकारका रोल गर्नै पर्छ । संजय दत्त, ज्याकी श्राफले पनि त्यस्तै रोल गरिरहेका छन् । मैले पनि २५/३० वर्षमा त्यस्ता रोल गर्नै पर्छ । 
 
५. 'रेस ३' मा के विशेष छ ? 
 
यो मेरो पहिलो ३डी फिल्म हो । रेमो डीसूजालाई ३डीमा सुट गर्ने आइडिया थियो । फिल्ममा लगभग १६ ब्रान्डेड गाडिहरु एक्सनमा उडाइएको छ । यसभन्दा पहिला फिरोज खान सरले 'कुर्बानी' मा यस्तो काम गर्नुभएको थियो । उहाँले मर्सिडिज उडाउनु भएको थियो । 
 
६. तपाईले डान्समा के विशेष गर्नुभएको छ ? 
 
डान्स निकै अलग छ । जमिनमा बसेर पनि डान्स गरेका छौँ । यसको तयारी हामीले रेमोको साथ पहिलो फिल्मका लागि गरेका थियौँ, जसमा डेजी शाह र ज्याकलीन हुने पक्का भएको थियो । यो फिल्म अगाडि बढ्न सकेन । त्यो स्टेप मैले यसमा गरेको छु । अहिले डान्स फिल्मका लागि तयार छैन म । मलाई त्यो डान्स मनपर्छ, जसलाई हिन्दुस्तानका ९८ प्रतिशत जनताले गर्ने गर्दछन् । 
 
 
७. बच्चा तपाईका निकै ठूला फ्यान छन् ? के भन्न चाहनुहुन्छ ?
 
बच्चा मेरा फ्यान छन् भन्ने मलाई थाहा छ । तर, यसको पछाडिको कारण यो हो कि मैले कहिले पनि आफूलाई स्टार सम्झिइनँ । मेरो दिलमा जे आउँछ त्यो म बोलिदिन्छु । 
Most Visited News (monthly)