Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रुकुममा रेखा पुग्दा देखियो यस्तो क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/06/07
 
सोमवारमात्र सुटिङ सकिएको फिल्म ‘मालिका’ को अभिनेत्री तथा निर्देशक रेखा थापाले प्रचार-प्रसार गर्न सुरु गरेकी छिन् । बुधबार उनले रुकुमको चौर जहारीमा पुगेर उपस्थित हजारौं दर्शकलाई फिल्मको बारेमा जानकारी दिइन् ।  
 
 
उनले चौर जहारीका दर्शक आफ्नो पछिल्लो फिल्मलाई लिएर निकै उत्साहित भएको बताइन् । 'सुरुमा त उहाँहरुलाई नाम नै राम्रो लागेछ', रेखाले सुनाइन्, 'फिल्मको मुख्य विषयवस्तु भनेपछि विशेष गरी महिलाहरु उत्साहित भएको पाएँ ।'
 
रेखाको आफ्नै निर्देशन रहेको ‘मालिका’ बालबिबाह अन्त्य र महिला शशक्तिकरणको विषयमा केन्द्रित छ । उनले देशका हरेक गाउँ तथा शरहरमा महिला शशक्तिकरण केन्द्रित कार्यक्रम गरिने समेत बताइन् ।
 
 
रुकुममा रेखा थापाप्रतिको क्रेज देखेर फिल्मका कार्यकारी निर्माता नर बहादुर कार्की चकित भए । 'रेखाजीलाई हेर्नकै लागि महिलाहरु घण्टौं हिँडेर चौर जहारीमा आएका थिए', कार्कीले भने, 'यसले दर्शकहरु नेपाली फिल्म र कलाकारप्रति उत्साहित छन् र माया गर्छन् भन्ने देखाउँछ ।'
 
 
‘मालिका’मा नर बहादुरको पनि अभिनय छ । आउँदो तिहारलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्ममा रेखा र कार्कीसँगै जाजरकोटकी १४ वर्षीय बालिका कमला ओलीको पनि मुख्य भूमिका रहेको छ । शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । 
Most Visited News (monthly)