Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘ड्रिम गर्ल’ सँग आकाशको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/06/07
 
असोज १९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । 'तिम्रो मायामा' बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी फिचर छन् । सार्वजनिक गीतले प्रेमभाव बोल्छ । 
 
रारा तालसँगै थाइल्याण्डको समुन्द्र आसपास खिचिएको गीतमा आकाश र आश्माको जोडी कमालको देखिएको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र अम्बिका शर्माको शब्द रहेको छ । 
 
निर्देशक ऋषिराज आचार्य निर्देशित प्रेमकथानक फिल्म ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् । 
 
आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । यो फिल्म काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो । 
 
यस फिल्मको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।
 
भिडियो  :-

Most Visited News (monthly)