Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

फेरि फिल्म बनाउँदै चौधरी ग्रुप, हिरोमा प्रदीप ?

फिल्मीखबर, काठमाण्डौ, 2018/06/07
व्यापारिक घराना चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्टले फेरि फिल्म निर्माण गर्ने भएको छ । यसअघि यो कम्पनीबाट 'भिसा गर्ल' नामक फिल्म निर्माण भएको थियो ।
 
यो फिल्म बक्सअफिसमा असफल भएपछि लामो समय ब्रेक लिएको चौधरी ग्रुप पुनः नयाँ फिल्म निर्माणमा लागेको छ । 
 
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, अहिले फिल्मका लागि कलाकार र निर्देशक छनौटको काम भइरहेको छ । लिड रोलमा युवा स्टार प्रदीप खड्कासँग विभिन्न चरणमा वार्ता भइसकेको छ । तर, प्रदीपले फिल्म साइन भने गरिसकेका छैनन् । 
 
 
उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै चौधरी ग्रुप उनमाथी लगानी गर्न इच्छुक देखिएको छ । यस्तै, निर्देशकमा दुई व्यक्तिको नाम चर्चा छ ।
 
'फूलै फूलको मौसम तिमीलाई' का निर्देशक दिनेश डिसी र 'जात्रा'/'शत्रु गते' फेम निर्देशक प्रदीप भट्टराई मध्ये एकले फिल्मको निर्देशन गर्नसक्ने स्रोत बताउँछन् । 
 
डिसी पछिल्लो समय चौधरी ग्रुपसँग निकै नजिक छन् भने निर्देशक प्रदीपले केही दिन अगाडि वरुण चौधरीसँग भेट गरेका छन् ।
 
उनले आफ्नो भेट फिल्मका लागि नभएको फिल्मीखबरसँगको कुराकानीमा बताए । फिल्मका गीतमा राजनराज सिवाकोटीले संगीत भर्ने बुझिएको छ । 
Most Visited News (monthly)