नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोइराला अभिनीत नयाँ फिल्म ‘सञ्जु’ २९ जूनमा रिलिज हुँदैछ । यसमा उनले सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिका निर्वाहा गरेकी छन् । फिल्मका लिड अभिनेता रणवीर कपूर हुन् । उनी सञ्जयको भूमिकामा छन् ।

एकपछि अर्को रणवीर फिचर पोष्टर मात्र सार्वजनिक गर्दै आएको निर्माण टिमले यसपटक भने मनीषा कोइराला प्रस्तुत पोष्टर पनि सार्वजनिक गरेको छ । पोष्टरमा उनको लुक्स हुबहु नरगिससँग मिलेको देख्न सकिन्छ ।
यसमा रणबीर पनि देखिएका छन् । पोष्टरबाट नै स्पष्ट हुन्छ कि मनीषाले आफ्नो लुक्सका लागि निकै मिहिनेत गरेकी छिन् । उनको मेकअपदेखि हेयर स्टाइलसम्म काम गरिएकोे छ ।
राजकुमार हिरानी निर्देशित ‘सञ्जु’ मा सोनम कपूर, परेश रावल, अनुष्का शर्मा, दीया मिर्जालगायतका कलाकारको अभिनय रहेको छ।

