Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

प्याकअप भयो रेखाको ‘मालिका’

फिल्मीखबर, काठमाण्डौ, 2018/06/06
 
अभिनेत्री रेखा थापा स्टारर फिल्म ‘मालिका’ को सम्पूर्ण छायांकन सकिएको छ । सुरु गरेको २९ दिनमा फिल्मको सम्पूर्ण सुटिङ सकिएको रेखाले बताइन् । सोमबार सुटिङ सकेर निर्माण टिम काठमाडौं फिरेको छ । 
 
 
रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको यस फिल्ममा जाजरकोटकी १४ वर्षीय बालिका कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको छायांकन जाजरकोटसहित काठमाण्डौं, बनेपा, बाँकेलगायत क्षेत्रमा गरिएको छ । 
 
 
नर बहादुर कार्की निर्माता रहेको ‘मालिका’ को कथा पनि कार्कीकै हो । शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै, फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
 
 
द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ । यसमा निर्माताको रुपमा सरस्वती थापा र तारा थापा रहेका छन् । 'मालिका' बालविवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । यस फिल्मलाई रेखाले तिहारमा रिलिज गर्ने घोषणा गरेकी छन् ।
Most Visited News (monthly)