Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तिमी हुन्छौ जहाँ जहाँ’ पोष्टर : मलिनासँग मनिषको रोमान्टिक अवतार

फिल्मीखबर, काठमाण्डौ, 2018/06/06
 
असार ८ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को दुई पोष्टर सार्वजनिक भएका छन् । 
 
एउटा पोष्टरले मनिष र मलिनाबीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउँछ भने अर्को पोष्टरमा मनिष र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रबी गिरी र स्वरुप पुरुषलाई तगारोका रुपमा उभ्याईएको छ । 
 
पूर्ण रुपमा लभस्टोरी कथामा निर्मित बताइएको यस फिल्मका निर्देशक विकाश बस्याल हुन् । कथा पनि उनकै हो । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।
 
यसमा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् । 
 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । 
Most Visited News (monthly)