Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भंसालीले अक्षयलाई लिएर ‘राउडी राठौर २’ बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2018/06/06
यस्तो कमै हुन्छ जब कसैले गरेको मजाक पनि सत्य साबित हुन्छ । बलिउड अभिनेता अक्षय कुमारसँग पनि यस्तै भएको छ । गएको वर्षको जनवरीमा अक्षयले मजाक गर्दै संजय लीला भंसाली अक्षयको फिल्म 'राउडी राठौर' प्रोड्यूस गर्ने बताएका थिए । 
 
जनवरीमा जब संजय लीला भंसालीको फिल्म 'पद्मावत' ले निकै विरोधको सामना गरिरहेको थियो । त्यसबेला फिल्मलाई २६ जनवरीमा रिलिज गर्ने तय गरिएको थियो र उक्त मितिमा अक्षयको फिल्म 'प्याडम्यान' पनि आउँदै थियो । 
 
 
तर, 'प्याडम्यान' र 'पद्मावत' को रिलिजभन्दा एकदिन अगाडि भंसाली र अक्षयले एक प्रेस कन्फ्रेन्सको आयोजना गरे । त्यसबेला भंसालीले भने, 'म अक्षयको यो उपकार कहिले चुकाउन सक्ने छैन ।'
 
अक्षयले मजाक गर्दै भने, 'तपाई मेरो फिल्म 'राउडी राठौर' निर्माण गरिदिनु ।' मिडियाका अनुसार, अब भंसाली वास्तवमै अक्षयको यो कुरा पूरा गर्दैछन् । 
 
भंसाली र अक्षयले वर्ष २०१२ मा एकसाथ फिल्म 'राउडी राठौर' बनाएका थिए । फिल्मका निर्देशक प्रभूदेवा थिए । र, अब यसको सिक्वेल पनि उनी आफैंले निर्देशन गर्ने भएका छन् । यस फिल्मको स्क्रिप्ट समेत पूरा भइसकेको छ ।  फिल्मको कथा विजेन्द्र प्रसादले लेखेका छन् । 
 
फिल्ममा अक्षय एकपटक फेरि इन्स्पेक्टर विक्रम राठौरको भूमिकामा देखिनेछन् । तर, यस पटक फिल्ममेकर्स फिल्मका लागि नयाँ अभिनेत्रीको खोजीमा जुटेको छ । पछिल्लो फिल्ममा अक्षयसँग सोनाक्षी सिन्हा देखिएकी थिइन् । 
Most Visited News (monthly)