Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ ऋचाको ‘यो पागल मन’

फिल्मीखबर, काठमाण्डौ, 2018/06/05
बिहेपश्चात् काँचको पर्दाबाट टाढा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर नयाँ फिल्म ‘यो पागल मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र द्वन्द्वलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । 
 
 
ऋचा र अभिनेता विनोद न्यौपानेको प्रेममा अभिनेता राजेश ढुंगाना भिलेन बनेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलाकार र निर्माण टीमको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 
 
असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ ।  
 
अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् । 
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)