Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वीराङ्गना’ मा शिल्पाको एक्सन लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2018/06/05
 
अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’ को चार पोस्टर सार्वजनिक भएको छ । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको पोष्टरमा अनुप र शिल्पासँगै अभिनेता पृथ्वी राज प्रसाईँ फिचर छन् । 
 
पोस्टरमा शिल्पालाई घोडा र बाँदरसँगै एक्सन लुक्समा देख्न सकिन्छ । एक्सन जनराको नारी प्रधान भनिएको यस फिल्ममा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन छ । 
 
उक्त फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्मातामा सुमि चाम्लिङ​ राई र​हेका छ​न् । 
 
र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको पनि अभिनय रहेको छ । 
 
 
निर्देशक सानेले सिमाना क्षेत्र र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले पुर्‍याएको योगदान र महिला सशस्त्र प्रहरीको वीरताको बारेमा फिल्मले बोलेको बताए । अनुप र शिल्पा फिल्ममा आफ्नो भूमिकालाई लिएर उत्साहित देखिएका छन् । 
Most Visited News (monthly)