.jpg)
फिल्म 'कोहलपुर एक्सप्रेस' को आइतवार विशेष प्रदर्शन जापानमा गरिएको छ । यसका लागि अभिनेत्री द्वय केकी अधिकारी र प्रियंका कार्की जापान पुगेका थिए ।
.jpg)
ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा भएको यस फिल्मको विशेष शोमा ३ सय बढी दर्शकको उपस्थिति रहेको थियो । अधिकांशले फिल्मको तारिफ गरेका छन् । केकी यस फिल्मकी निर्मात्री समेत हुन् ।
.jpg)
फिल्मको विशेष शोमा नायिका प्रियंका कार्की रातो गाउनमा निकै खुलेकी थिइन् । यूवी थापाले उनका लागि यो पहिरन तयार पारेका थिए । प्रियंकाको पहिरनकोे अगाडि केकीको गाउन कमजोर देखिन्थ्यो । तर, उनको पहिरन पनि कम थिएन ।
.jpg)
'कोहलपुर एक्सप्रेस' को विशेष शोमा उपस्थित जो कोहिँको आँखा दुई अभिनेत्रीको पहिरनमा अडिएको थियो । गामबेशी चेपाङ बालबालिकाको सहयोगार्थ जापानको टोकियोमा रहेको नाकानो जिरो हलमा फिल्मको प्रदर्शन गरिएको थियो ।
.jpg)
विशाल भण्डारको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

