दर्शकलाई हलसम्म तान्न फिल्मको पोस्टरले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यसकारण अधिकांश फिल्मका पोस्टरमा लिड कलाकारलाई प्राथमिकताका साथ स्थान दिइने गरिन्छ । तर, साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोमियो एण्ड मुना’ को पोस्टर भने विल्कुलै फरक शैलीमा तयार पारिएको छ ।
यसको पोस्टरमा फिल्मका कुनै पनि कलाकार छैनन् । कसैले एक बक्स खोल्न खोजेको पोस्टरबाट अनुमान गर्न सकिन्छ । किन सार्वजनिक गरियो त यस प्रकारको पोस्टर ?

निर्देशक नरेश कुमार केसी भन्छन्, 'यो फिल्मसँग नै सम्बन्धित पोस्टर हो । बक्समा मुनाले आफ्नो इखलाई हाल्ने गर्दछिन् । यसैले हामीले पोस्टरमा तपाईको कुनै इख छ भनेर प्रश्न गरेका छौं ।'
निर्देशक केसीका अनुसार, 'रोमियो एण्ड मुना' को यो बक्सवाला पोस्टर प्रतिबिम्वित पोस्टर हो । उक्त फिल्ममा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । फिल्म निर्माणमा प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।

