Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलोनको ‘बाबु कान्छा’ टीजर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/06/05
अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘बाबु कान्छा’ को टीजर सार्वजनिक भएको छ । यसमा १७ वर्ष अघि उनले पहिलो पटक अभिनय गरेको तथा अभिनेता भुवन केसी अभिनीत फिल्म 'नेपाली बाबु' को एक इमोशनल सिन पनि राखिएको छ । 
 
१७ वर्ष अघिको बालक र १७ वर्षपछिको जवान सलोनको लुक्सलाई टीजरमा देखाउन खोजिएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको  ‘बाबु कान्छा’  मा सलोन बस्नेत  नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको अभिनय रहेको छ । 
 
 
यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । 
 
उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले 'कर्णवीर' को 'चन्द्रमा झैँ राम्री छौ' गीतलाई रिमिक्स गरेका छन् । यो फिल्म असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरुको आँकलन छ । पछिल्लो रिलिज फिल्म 'ए मेरो हजुर २' पछि उनको लोकप्रियता थप चुलिएको छ । 
 
टीजर हेर्नुस् :-

Most Visited News (monthly)