Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चि मुसी चि’ मा सुनिल र सुशान्तको सिक्स प्याक

फिल्मीखबर, काठमाण्डौ, 2018/06/04
साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म  ‘चि मुसी चि’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । टौवा क्रियशनले तयार पारेको पोस्टरमा तीन प्रमुख कलाकारहरु सुनिल क्षेत्री, सुशान्त कार्की र अलिशा शर्मा रहेका छन् ।
 
पोस्टरमा सुनिल र सुशान्तले सिक्स प्याक एब्स देखाएका छन् । यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । 
 
 
यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
 
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । 
Most Visited News (monthly)