Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हिरोइन बिनै प्रदीपको ‘लभ स्टेशन’ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/06/03
 
युवा स्टार प्रदीप खड्काको प्रमुख भूमिका रहने नयाँ फिल्म ‘लभ स्टेशन’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतवार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बीच टाइटल र मुख्य अभिनेताको नाम सार्वजनिक गरियो । 
 
काफिया फिल्मस्ले निर्माण गर्न लागेको यस फिल्मको छायांकन अमेरिका र नेपालमा हुनेछ । यसलाई उज्जवल घिमिरेले निर्देशन गर्दैछन् । 
 
 
प्रदीपसँगै यस फिल्ममा 'लिलिबिली' अभिनेत्री जसिता गुरुङको पनि लिड रोल रहने खबर प्राप्त छ । उनी अहिले अध्ययनका लागि लण्डनमा छिन् ।
 
तर, फिल्ममा उनी अनुबन्ध भइनसकेको निर्माता शाहीले जानकारी दिए । अहिले यस फिल्मका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि छलफल भइरहेको छ । 
 
 
निर्देशक घिमिरे अहिले फिल्मको लोकेसन हन्टिङका लागि अमेरिकामा छन् । उनी नेपाल फर्केपश्चात् नायिकाको टंगो लाग्ने निर्माता शाहीले बताए । फिल्मले एक आमा छोरीको कथा बोल्नेछ ।
 
निर्माता शाही भन्छन्, 'अहिले फिल्ममा प्रदीपबाहेक अरु कोहिँ कलाकार कन्फर्म भएका छैनन् । निर्देशक नेपाल आएपछि नायिका छनौटमा जुट्ने छौ ।'
 
 
फ्लोरमा नजाँदै फिल्मको प्रदर्शन मिति भने वर्ष २०७५ फागुन २४ गतेलाई पक्का गरिएको छ । अहिले यस फिल्मको स्क्रिप्ट सुवास सिंह बस्नेतले लेखिरहेका छन् । यसमा अभिनेता प्रदीप पनि निर्माताको रुपमा रहनेछन् । 
 
 
कार्यक्रममा फिल्म ’लिलिबिली’ ले प्रदर्शनको ५१ औं दिन मनाएको अवसरमा केक समेत काटिएको थियो । अभिनेता प्रदीपसँगै ’लिलिबिली’ निर्देशक मिलन चाम्स, निर्माता सुदीप खड्कालगायतको कार्यक्रममा उपस्थिति थियो । 
Most Visited News (monthly)