Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चङ्गा’ गीतमा बन्धक बालकको आमा प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2018/06/03
जेठ २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘चङ्गा’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ । 'मेरी आमा...' बोलको गीतमा एक बन्धक बालकको आमा प्रेम देखाइएको छ । गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत छ । 
 
 
हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित फिल्म ‘चङ्गा’ मा वुद्दि तामाङ, अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ ।
 
फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ । 
 
रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् । 
 
गीत हेर्नुस् :-

Most Visited News (monthly)