Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ बाट पुष्पले झिके हात, भित्रिए संजोग

फिल्मीखबर, काठमाण्डौ, 2018/06/03
साइन गरिसकेको फिल्म छाड्ने नेपाली कलाकारहरुको पुरानै बानी हो । यो भीडमा अभिनेता पुष्प खड्काले पनि आफूलाई उभ्याएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म ‘छक्का पञ्जा ३’ बाट उनले हात झिकेका छन् । 
 
मुहूर्तको अघिल्लो दिनमात्र यो फिल्ममा उनको प्रवेश भएको थियो । फिल्मीखबरसँगको एक भेटमा पुष्पले आफ्नो भूमिका धेरै लामो नभएपनि सम्झनलायक रहेको बताएका थिए । बुझिएअनुसार, उनले आफ्नो भागको स्क्रिप्ट प्राप्त नगरेपछि फिल्म छाडेका हुन् । 
 
भूमिका राम्रोसँग नबुझाइएको, स्क्रिप्ट नदिएको र १० सिन भनिएको ठाउँमा अन्तिममा आएर ५ सिन मात्र रहेको जानकारी पाएपछि फिल्म छाडेको विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा उनले बताएका छन् । 
 
 
उता ‘छक्का पञ्जा ३’ का निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पले फिल्मबाट हात झिकेको खबर सत्य रहेको बताए । उनी भन्छिन्, 'उहाँलाई हामीले गेस्ट रोलका लागि भनेर अनुबन्ध गरेका थियौँ । उहाँको ५/७ सिन मात्र थियो । उहाँले आफ्नो पारिश्रमिक पनि बुझिसक्नुभएको छ ।' 
 
स्क्रिप्ट नपाएपछि फिल्म छाड्नुभएको भन्ने कुरा छ नी ? फिल्मीखबरको प्रश्नमा निर्माता गिरी भन्छन्, 'तपाईको रोल यस्तो-यस्तो हुन्छ भनेर हामीले उहाँलाई अनुबन्ध गर्दा खेरि नै बताएका थियौँ । हामी गेस्ट एक्टरलाई पूरा स्क्रिप्ट दिँदैनौ ।' उनले पुष्पको ठाउँमा अभिनेता संजोग कोइरालालाई भित्राएको जानकारी दिए । 
 
दीपाश्री निरौलाले निर्देशन गरिरहेको यो फिल्ममा दीपकराजसँगै दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । 
Most Visited News (monthly)