म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गर्न लागेका निराजन प्रधानले आफूले साइन गरेको पहिलो फिल्मबाट नै हात झिकेका छन् । गएको केही हप्ता अगाडि मात्र उनको डेब्यु फिल्म ‘प्रेमालय’ को घोषणा गरिएको थियो ।
कुमार शाहले निर्देशन गर्ने यो प्रोजेक्टका लागि ८ महिनाभन्दा बढी समय दिएपनि अझै फ्लोरमा नगएपछि अभिनेता प्रधानले यस फिल्म छाडेको खबर छ । किन छाड्नुभयो फिल्म ? फिल्मीखबरसँग कुराकानी गर्दै उनले निर्माण टिमको सुस्त कामले गर्दा ‘प्रेमालय’ छाड्न बाँध्य भएको बताए ।
(1).jpg)
उनी भन्छन्, 'मैले गएको ८ महिनादेखि यही फिल्मका लागि मात्र समय दिएँ । अरु कुनै प्रोजेक्टमा हात हालिनँ । धेरै फिल्मबाट आएको अफर लत्याएँ । म र निर्माण टिमबीच भएको ४५ दिनको सम्झौता सकिएको पनि धेरै भइसकेको थियो । तर छायांकन सुरु भएन । यसकारण ‘प्रेमालय’ बाट हात झिकेको हुँ ।
उनी टिम अनप्रोफेसनल भएका कारण फिल्म छाड्न बाँध्य भएको सुनाउँछन् । निराजनले आफू चाँडै नयाँ प्रोजेक्टमा आबद्ध हुन लागेको पनि बताए । उनले यो फिल्मबाट हात झिकेपनि अन्य कलाकारहरु भने यथावत रहेका छन् ।

