Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पण्डित बाजेको लौरी’ मा मरिश्कालाई सन्ध्या चुनौती ?

फिल्मीखबर, काठमाण्डौ, 2018/06/01
'के म तिम्रो होइन र ?' बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री मरिश्का पोखरेल अझै आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्ने प्रयासमा छिन् । 'चपली हाईट २', 'लम्फू' लगायतका फिल्ममा काम गरिसकेकी उनी अभिनीत कुनै पनि फिल्म हिटको सूचीमा सुचिकृत छैनन् । 
 
प्रदर्शन भइसकेका माथीका तीनवटै फिल्म बक्सअफिसमा चम्किएनन् । जसकारण उनलाई अहिले 'अनलक्की' नायिका समेत भन्न थालिएको छ । एकपछि अर्को फिल्म बक्सअफिसमा कमजोर साबित भएपनि उनको हातमा नयाँ फिल्मका अफरहरु भने पुगिरहेका हुन्छन् । 
 
उनले केही हप्ता अगाडि मात्र 'प्रेमालय' नामक फिल्म साइन गरिन् । 'मिस्टर भर्जिन', 'शिरफूल' लगायतका केही फिल्म रिलिजको तरखरमा छन् । यस्तै, साउन ४ गते अभिनेत्री पोखरेल अभिनीत फिल्म 'पण्डित बाजेको लौरी' प्रदर्शनमा आउँदैछ । यसमा उनको लिड रोल छ । 
 
 
तर, उनी फिल्मकी सोलो अभिनेत्री भने होइनन् । अभिनेत्री सन्ध्या केसीको पनि यसमा प्रमुख भूमिका छ । फिल्मको टीजर र बिहीवार मात्र सार्वजनिक भएको 'चोली तुना' बोलको गीतमा मरिश्कालाई निकै कम स्क्रिन स्पेस दिइएको छ । फिल्मको दुवै प्रचार सामाग्रीमा सन्ध्या हाबी छिन् । 
 
कतै सन्ध्याको छायाँमा पर्ने डर त छैन ? फिल्मको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्न मरिश्कामाथी तेर्सियो । उनले जबाफ दिइन्, 'गीत र टीजरमा फिल्मको विस्तृत कुरा पस्कन सक्दैनौं । यो २/४ मिनेटमा हामीले जे देखाउन सक्यौ त्यो नै देखाएका हौं । म छायाँमा पर्ने वा अन्य कलाकार छायाँमा पर्ने भन्ने कुरै हुँदैन । 
 
उनी स्क्रिप्ट चित्त बुझेर मात्र फिल्म गर्ने हुँदा कसैको छायाँमा वा लाइमलाइटमा आउन फिल्म साइन गर्ने नगरेको बताउँछिन् । 'फिल्ममा धेरै कलाकार छौं र सबैको भूमिका बराबर छ', उनी थप्छिन्, 'म आफ्नो क्यारेक्टरलाई लिएर निकै खुसी छु ।'
 
दीपक ओली निर्देशित ‘पण्डित बाजेको लौरी’ मा मरिश्का र सन्ध्याका अलावा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथा प्रस्तुत गरिएको छ । 
Most Visited News (monthly)