Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ स्टेशन’ मा जुर्ला प्रदीप र साम्राज्ञीको जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/31
गएको वर्ष अभिनेता प्रदीप खड्का स्कटल्याण्डमा फिल्म 'लिलिबिली' को छायांकन गरिरहेका थिए । सोहीबखत मिडियामा एक खबर बाहिरियो कि 'कृ' निर्माता सुवास गिरीले उनलाई लिएर फिल्म 'भैरवी' निर्माण गर्दैछन्, जसलाई दिनेश राउतले निर्देशन गर्ने कन्फर्म भएको छ । 
 
प्रदीपको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग मौखिक कुराकानी भएको निर्माता गिरी र निर्देशक राउतले मिडियामा जानकारी दिए । तर, साम्राज्ञीले आर्यन सिग्देलको 'कायरा' गर्नुपर्ने भएपछि यो फिल्म गर्न नसकेको फिल्मीखबरसँगको एक भेटमा खुलाइन् । 
 
अभिनेता अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स' बाट उदाएकी साम्राज्ञी र 'प्रेमगीत' फेम अभिनेता प्रदीपको जोडी पर्दामा हेर्न लालयित दर्शकलाई 'भैरवी' ले निराश बनायो ।
 
हुनत, अझै यो फिल्म फ्लोरमा गएको छैन । निर्माण टिम नायिका छनौटमै छ । साम्राज्ञीले आर्यनसँग 'कायरा' को सुटिङ भ्याइसकेका कारण 'भैरवी' मा प्रदीपको जोडी बन्ने सम्भावना भने अझै जीवित नै छ । 
 
यस्तैमा फेरि एकपटक प्रदीपको लिड रोल रहने नयाँ फिल्म 'लभ स्टेशन' मा पनि लिड रोलमा साम्राज्ञीलाई अफर गरिएको खबर प्राप्त छ । उनले फिल्मको स्क्रिप्ट सुनिसकेकी छिन् तर आफ्नो कुनै निर्णय भने सुनाएकी छैनन् ।
 
प्राप्त जानकारी अनुसार, उनी प्रदीपसँग काम गर्ने दोस्रो अवसर गुमाउने मनस्थितिमा छैनन् । फिल्मको स्क्रिप्ट उनलाई चित्त बुझेको छ । 
 
यो फिल्ममा 'लिलिबिली' फेम अभिनेत्री जसिता गुरुङ प्रमुख भूमिकामा अनुबन्ध भइसकेकी छन् । अब साम्राज्ञी अनुवन्धित भए यो फिल्म वर्ष २०७५ को बहुप्रतिक्षीत हुनेमा शंका रहन्न । यसलाई उज्जवल घिमिरेले निर्देशन गर्दैछन् । 
 
प्रदीप र वितरक तथा निर्माता गोविन्द शाहीले 'लभ स्टेशन' लाई संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । फ्लोरमा नजाँदै यस फिल्मको प्रदर्शन मिति आउँदो फागुन २४ गतेलाई तय गरिएको छ ।
Most Visited News (monthly)