Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पण्डित बाजेको लौरी’ गीतमा बोल्ड सन्ध्या

फिल्मीखबर, काठमाण्डौ, 2018/05/31
 
अभिनेत्री तथा भिजे सन्ध्या केसी फिचरिङ फिल्म ‘पण्डित बाजेको लौरी’ को आइटम गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सार्वजनिक गरिएको 'चोली तुना' बोलको गीतमा सन्ध्या बोल्ड देखिएकी छिन् । 
 
यसमा मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरीलगायतका कलाकार पनि फिचर्ड छन् । कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा मिना निरौला र श्रीकृष्णको स्वर सुन्न सकिन्छ । 
 
 
गीतका कोरियोग्राफर विक्रम स्वाँर हुन् । अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको ‘पण्डित बाजेको लौरी’ मा एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथा प्रस्तुत गरिएको छ । 
 
फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ । यसमा विजय बराल 'बादी' र सन्ध्या केसी 'बदिनी' को भूमिकामा देखिएका छन् । 
 
 
निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताए । उनका अनुसार, तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई यसमा देखाउन खोजिएको छ । 
 
 
साउन ४ गतेबाट प्रदर्शनमा आउने ‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।
 
गीत हेर्नुस् :-

Most Visited News (monthly)