.jpg)
असार ८ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को कलरफूल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा मेकिङ उच्च देखिन्छ ।
मनिष र मलिनाबीचको प्रेम र विछोडको कथा ट्रेलरमा देखाइएको छ । यो जोडीले यसअघि फिल्म 'रानी' मा एकसाथ काम गरेका थिए । पूर्ण रुपमा लभस्टोरी कथामा निर्मित बताइएको यस फिल्मका निर्देशक विकाश बस्याल हुन् । कथा पनि उनकै हो ।
.jpg)
मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।
.jpg)
बिहीवार राजधानीमा आयोजिक ट्रेलर रिलिज कार्यक्रममा उपस्थित अभिनेता मनिष र अभिनेत्री मलिना दुवैले फिल्म सरल लभस्टोरीमा निर्माण भएपनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने दाबी गरे ।
यसमा स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।
.jpg)
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । निर्देशक बस्याले फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ पैसा असुल फिल्म रहेको बताए । उनको यो पहिलो निर्देशकीय फिल्म हो ।
ट्रेलर हेर्नुस् :-

