Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्ता छन् संजय दत्तको जिन्दगीसँग जोडिएका ५ ठूला खुलासा

एजेन्सी, मुम्बई, 2018/05/31
 
बलिउड सुपरस्टार संजय दत्तको जिन्दगी विवादित र रोमान्चक छ । उनीमाथी बनेको बायोपिक फिल्म ‘सञ्जु’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा एक्टरको लाइफसँग जोडिएका हरेक एक घट्ना देखाइएको छ । ट्रेलरमार्फत् संजयको जिन्दगीसँग जोडिएका कयौं खुलासा समेत भएका छन् । 
 
सञ्जय ड्रग्स एडिक्ट बनेको, जेलमा उनी कस्तो समस्याबाट गुज्रिए, पुलिसले सोधपुछको क्रममा उनीमाथी थप्पड लगाएको र उनलाई आतंकवादी स्विकार गर्न लगाइएकोलगायत धेरै ठूला खुलासा ट्रेलरबाट गरिएको छ । 
 
ड्रग्स : एक समय यस्तो थियो कि संजय दत्त ड्रग एडिक्ट बनिसकेका थिए ।  ट्रेलरको डाइलगमा उनले ड्रग्स लिनुको कारण खुलाइएको छ । फिल्मको एक डाइलग छ, 'मैले पहिलो पटक ड्रग्स लिएँ किनकी म ड्याडको कारण निराश थिएँ ।  दोस्रो पटक लिएँ किनकी आमा बिरामी थिइन् । तेस्रो पटकसम्म म ड्रग एडिक्ट बनिसकेको थिएँ ।' 
 
रिलेशनशिप : ट्रेलरमा एक सिनमा देखाइएको छ, जसमा सञ्जू आफ्नी श्रीमतिको साथ अनुष्का शर्मासँग कुरा गरिरहेका छन् । अनुष्का सोध्छिन्, 'अहिलेसम्म कति महिलासँग सहवास गरिसकेका छौ ?' सबैभन्दा ठूलो खुलासा गर्दै सञ्जू भन्छन्, 'प्रोस्टिट्यूटलाई पनि गनुँ कि त्यसलाई अलग राखुँ ? होस् त्यसलाई साथमै राख्छु । ३०८ सम्म याद छ । होस् सेफ्टीका लागि ३५० लेख ।'  
 
थप्पड : फिल्मको टीजरमा यो कुरा बाहिर आएको थियो कि संजय दत्तलाई सोधपुछको क्रममा पुलिस अफिसर्सले थप्पड लगाएका थिए । यो कुरा ट्रेलरमा पनि देखाइएको छ ।  
 
आतंकवादी : ट्रेलरमा एक डाइलग छ, जहाँ रणबीर कपूर भन्छन्, 'म पागल हुँ, ड्रग एडिक्ट हुँ तर आतंकवादी होइन ।' संजय दत्त आर्म्स एक्टमा जेल गएका थिए । ट्रेलरमा खुलासा गरिएको छ कि संजय दत्तलाई पुलिस सोधपुछको क्रममा आतंकवादी भएको स्विकार गर्न दबाब दिइएको थियो । 
 
एक डाइलग छ, जसमा सञ्जू भन्छन्, 'मलाई केही थाहा छैन बम विष्पोटको बारेमा ।' पुलिस अफिसर्स भन्छन्, 'कोर्टमा बोल्नु कि मलाई सबै थाहा छ ।' फेरि सञ्जू भन्छन्, 'मलाई पूरा देश आतंकवादी भन्नेछ । म आतंकवादी होइन ।'  
 
जेल : संजय दत्तले जेलमा विताएका दिन कति पीडादायी थियो, त्यो ट्रेलर हेरेर नै स्पष्ट हुन्छ । एक सिन छ, जहाँ ट्वाइलेट पटबाट फोहोर बाहिर निस्कन्छ र उनी मद्दतका लागि चिच्याउँछन् । एक सिनमा उनी दिकदार भएर जेलभित्रै आफ्नो शिर पर्खालमा हिर्काउँदै देखिएका छन् । 
Most Visited News (monthly)