Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कस्मिक लभ’ मा प्रशान्त र अर्पणमध्ये दीया कसकी ?

फिल्मीखबर, काठमाडौं, 2018/05/31
 
ह्याण्डसम भिलेनका रुपमा परिचित अभिनेता प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दीया मास्केको प्रमुख भूमिकामा फिल्म ‘कस्मिक लभ’ निर्माण हुने भएको छ । यी तीन स्टार्सले पहिलो पटक एकअर्कासँग काम 'स्कृन' साझेदारी गर्न लागेका हुन् । 
 
जय गौतमले निर्माण गर्ने यस फिल्मलाई शंखर अधिकारीले निर्देशन गर्नेछन् । मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुती रहने फिल्मका लागि अन्य कलाकारको छनौट प्रक्रिया जारी रहेको निर्देशक अधिकारीले जानकारी दिए । 
 
असार १ गतेबाट छायांकन सुरु हुन लागेको 'कस्मिक लभ' लाई सुरेश बज्राचार्यले खिच्नेछन् । यस्तै, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने फाइनल भइसकेका छन् । शेखर ज्ञवालीको कथा रहेको फिल्ममा बाबु साहेबको द्वन्द्व रहने छ । 
Most Visited News (monthly)