Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो रणबीरको ‘सञ्जु’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/05/30
लामो समयको प्रतिक्षापछि अन्ततः रणबीर कपूरको मोस्ट अवेटेड फिल्म ‘सञ्जु’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । टीजर जस्तै फिल्मको ट्रेलर पनि जबर्जस्त छ । ट्रेलरभित्र सञ्जय दत्तको जिन्दगीको हरेक एक घट्ना छुने प्रयास गरिएको छ । 
 
 
यसमा उनलाई ड्रग्स लिएकोदेखि आतंकवादीको आरोप लगाएकोसम्म देखाइएको छ । यसअघि सार्वजनिक भएको फिल्मको टीजरमा रणबीरलाई चिन्न मुश्किल परेको थियो । यो फिल्ममा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा अभिनेत्री मनीषा कोईराला देखिएकी छिन् । 
 
उनका अलावा यसमा परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सौरभ र बोमन ईरानी जस्ता चर्चित कलाकारहरुको पनि अभिनय छ । 
 
यो फिल्ममा सञ्जयको भूमिका अभिनेता रणबीर कपूरले निर्वाहा गरेका छन् । विधु विनोद चोपडाको निर्माण रहेको यस फिल्मका निर्देशक राज कुमार हिरानी हुन् । 
 
ट्रेलरमा सञ्जयको कलेज, फिल्मी र जेलमा विताएका सबै पललाई इमोशनल अन्दाजमा एकपटक फेरि निर्देशक हिरानीले जीवित गरेका छन् । ‘सञ्जु’ सञ्जयको जन्मदिनको ठिक एक महिना पहिला अर्थात्, २९ जूनमा रिलिज हुँदैछ । 
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)