Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘कोहलपुर एक्सप्रेस’ को अष्ट्रेलिया राइट्स विक्री

फिल्मीखबर, काठमाण्डौ, 2018/05/30
अभिनेत्री केकी अधिकारी निर्मित तथा अभिनीत फिल्म ‘कोहलपुर एक्सप्रेस’ को अष्ट्रेलिया राइट्स विक्री भएको छ । राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले यो फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको हो । 
 
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यस विषयमा जानकारी गराइयो । कार्यक्रममा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, निर्देशक बिशाल भण्डारी, कन्सल्टेन्सीको तर्फबाट पी.आर.अधिकारी, प्रतित खड्का, सुरज बस्नेतलगायतको उपस्थिति थियो । 
 
 
यसअघि यस कन्सल्टेन्सीले केकी अभिनित फिल्म ‘लभ सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो । नेपाली फिल्मको बजार बिस्तारका लागि राईट एण्ड एसोसियट्स अझै लागीपर्ने संस्थाका निर्देशक अधिकारीले बताए । 
 
केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । 
Most Visited News (monthly)