Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजेटमा ‘बक्स अफिस’ का कुरा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/30
 
नेपाल सरकारले राजश्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागू गर्ने भएको छ । मंगलवार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ०७५/०७६ को बजेटमा बक्स अफिसलाई विशेष जोड दिइएको छ । 
 
फिल्म व्यवसायमा लाग्ने मूल्य अभिवृद्वि कर, चलचित्र विकास शुल्कलगायतका राजश्व संकलन गर्न इलेक्ट्रोनिक टिकेटिङसहित फिल्म वितरण र प्रदर्शन गर्न बक्स अफिस प्रणाली लागू गरिने अर्थमन्त्री खतिवडाले बताए । 
 
बजेटमा सन्देशमूलक फिल्मको प्रदर्शनीमा लाग्ने करमा सहुलियत दिइने पनि उल्लेख छ । डा. खतिवडाद्वारा प्रस्तुत बजेटमा फिल्म क्षेत्रमा कति बजेट विनियोजन गरिएको छ त्यो भने खुलाइएको छैन । 
Most Visited News (monthly)