Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुनकेसरी’ ले काट्यो करोडको केक

फिल्मीखबर, काठमाण्डौ, 2018/05/30
गएको शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको हरर फिल्म ‘सुनकेसरी’ ले बक्सअफिसमा करोडको झण्डा फहराउन सफल भएको छ । प्रदर्शनको पाँच दिनसम्ममा यो फिल्मको अल नेपाल कलेक्सन १ करोड ४ लाख रहेको निर्मात्री तथा अभिनेत्री ऋचा शर्माले जानकारी दिइन् । 
 
 
मंगलवार दिउँसो राजधानीको कुमारी हलमा अभिनेत्री शर्मा र निर्देशक अर्पण थापाले संयूक्त रुपमा करोडको केक काटेर खुसीयाली मनाएका छन् । १ करोड ३० लाखमा निर्माण भएको यो फिल्मको कलेक्सन सिंगल थिएटरमा कमजोर रहेपनि मल्टिप्लेक्समा राम्रो छ । 
 
हलिउड र बलिउडका कुनै ठूला फिल्म प्रदर्शनमा नआउनुले यो फिल्मलाई ठूलो राहत मिलेको छ । दर्शकबाट ‘सुनकेसरी’ लाई खासै राम्रो कमेन्ट भने प्राप्त छैन् । हलमा तर्सिन गएका दर्शक हाँसेर फर्किएका छन् । हरर जनराका फिल्मको हकमा यसलाई राम्रो मानिन्न । 
 
केक काट्दै गर्दा ऋचाले भनिन्, 'हामीले दर्शकबाट सबैखाले प्रतिक्रिया पायौं । हामीबाट धेरै कमी-कमजोरी भएका छन् । ‘सुनकेसरी-२’ मा भने ती कमजोरी परिपूर्ति गर्ने प्रयास गर्नेछौं ।' ‘सुनकेसरी’ को सिक्वेल २०२० सम्म दर्शकले हेर्न पाउने उनले वाचा गरेकी छन् । 
 
यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
 
 
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । 
Most Visited News (monthly)