Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘लभ स्टेशन’ मा प्रदीप र जसिताको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2018/05/29
अभिनेता प्रदीप खड्का र 'लिलिबिली' निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा निर्माण गर्न लागेको फिल्मको नाम तय भएको छ । फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ । 
 
प्रदीप खड्काको लिड रोल रहने यसमा 'लिलिबिली' फेम अभिनेत्री जसिता गुरुङ प्रमुख भूमिकामा अनुबन्ध भएकी छन् । स्रोतका अनुसार, अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको छ । यसमा तीन अभिनेत्रीको लिड रोल रहने खबर प्राप्त छ । 
 
 
जसितासँग प्रदीप दोस्रो पटक काम गर्दैछन् । यसअघि यो कपलले गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' मा सँगै काम गरेका थिए । यो फिल्मपछि अभिनेत्री गुरुङलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको छ । 
 
फिल्मको रिलिज डेट फागुन २४ लाई पक्का गरिएको छ । प्रदीप अहिले गोपीकृष्ण ब्यानरको फिल्म 'रोजी' मा व्यस्त छन् । यस फिल्मको सुटिङ सकिए लगत्तै 'लभ स्टेशन' को छायांकन सुरु हुनेछ । अहिले स्क्रिप्टको फाइनल ड्राफमा काम भइरहेको छ । 
 
गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडिया प्रा.लि. बाट यो फिल्म निर्माण हुनेछ । प्रदीपले यसअघि 'स्केप' र 'ठूलोमान्छे' नामक फिल्म निर्माण गरेका थिए । यी दुबै फिल्म बक्सअफिसमा असफल भएका थिए । 
Most Visited News (monthly)