Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कस्तोे चल्यो ऋचाको ‘सुनकेसरी’ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/29
नेपालमा निर्माण भएका अधिकांश हरर फिल्म बक्सअफिसमा असफल छन् । हलिउड र बलिउड फिल्म हेर्ने बानी परेका दर्शकलाई नेपालमा निर्माण हुने यो जनराका फिल्मले सन्तुष्टि दिन सकेका छैनन् । सेतो साडी लगाएर दर्शक तर्साउने फर्मूलाबाट मेकर्स बाहिर आउन नसक्नु नै नेपाली हरर फिल्म स्तरिय नबन्नुको मुख्य समस्या हो । 
 
नेपालमा हरर फिल्म बनाएर धेरै निर्माताले घरबारी डुबाएको देख्दादेख्दै अभिनेत्री ऋचा शर्माले  फिल्म ‘सुनकेसरी’ बनाइन् । फरक स्वादको पर्खाइमा रहेका दर्शकलाई यो फिल्मले प्यास मेट्न त सकेन तर बक्सअफिसमा भने सुखद नजिता ल्याउन सफल भएको छ । यसले अहिले घरेलू बजारमा राम्रो व्यापार गरिरहेको छ । 
 
सिंगल 'स्कृन' मा ठिकठाक रहेको यो फिल्मको विजनेश मल्टिप्लेक्समा राम्रो छ । १ करोड ३० लाखको लागतमा निर्माण गरिएको यो फिल्मले प्रदर्शनको चार दिनमा ९६ लाख ग्रस कलेक्सन गरेको ऋचाले फिल्मीखबर डटकमलाई जानकारी दिइन् । 
 
मंगलवारबाट फिल्म करोड क्लबमा इन्ट्री हुने उनको विश्वास छ । 'सुनकेसरी २' निर्माण गर्ने घोषणा गरिएकी उनी दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको सुनाउँछिन् । उनी भन्छिन्, 'दोस्रो भागका लागि हामीले ठाउँ बाँकी राखेका छौं । लगानी सेभ भएपछि सिक्वेल निर्माणमा लाग्छौं ।' 
 
 
हलिउड र बलिउडका कुनै ठूला फिल्म रिलिज नहुनु यो फिल्मको व्यापार राम्रो हुनुको कारण हो । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको 'सुनकेसरी' हेर्ने अधिकांश १६/२० वर्षका युवायुवती र कपल बढी छन् । मल्टिप्लेक्समा उच्च शो पाएको यस फिल्मको शुक्रवार र शनिवार मल्टिप्लेक्समा एडभान्स बुकिङ आक्रामक थियो ।
 
'फिल्म हेर्दा दर्शक तर्सिए कम हाँसे ज्यादा रे नी ?' भन्ने फिल्मीखबरको प्रश्नमा ऋचा भन्छिन्, 'हाँस्ने ठाउँमा हाँस्नुभयो अनि तर्सिने ठाउँमा तर्सिनुभयो । फिल्ममा रबिन्द्र झाको कमेडी पाटो हाबी छ । यसैले त्यस्तो भएको हुनसक्छ ।' उनी 'सुनकेसरी' को दोस्रो भागमा कमजोरी सुधार्ने वाचा गर्छिन् । 
 
यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
 
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । 
Most Visited News (monthly)