Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सनयूक्त रजनीकान्तको ‘काला’ ट्रेलर रिलिज

फिल्मीखबर, मुम्बई, 2018/05/29
सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षीत फिल्म ‘काला’ को दमदार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको सुरुवातमा अभिनेता नाना पाटेकर एक स्लम क्षेत्रका व्यक्तिलाई सम्बोधन गर्दै देखिएका छन् । यसपछि रजनीकान्तको ग्रान्ड तर कमिक अन्दाजमा इन्ट्री हुन्छ । 
 
 
ट्रेलरमा रजनीकान्तलाई निकै स्क्रिन स्पेस दिइएको छ । उनलाई हुमा कुरैशीसँग पनि स्क्रिन शेयर गर्दै देखिएको छ । यो फिल्म एक ग्यांगस्टर ड्रामा हो, जसमा रजनीकान्त काला करीकलन नामको ग्यांगस्टारको भूमिकामा छन् । 
 
यस्तै, नाना पाटेकर फिल्ममा एक नेताको भूमिकामा देखिएका छन् । रजनीकान्तको पछिल्लो फिल्म जस्तै 'काला' ले पनि एक कडा राजनीतिक सन्देश दिनेछ । फिल्मलाई धनुषले निर्माण गरेका हुन् । हुमा कुरैशी र एस्वरी राव पनि यसमा लिड रोलमा छन् ।
 
यो फिल्मलाई पीए रन्जीतले निर्देशन गरेका हुन् । जून ७ मा रिलिज हुने रजनीकान्तको 'काला' र हलिउड फिल्म 'जुरासिक वर्ल्ड : फालन किंगडम' बक्सअफिसमा आमने-सामने हुनेछन् । 
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)