Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ बाट पललाई हर्ष न विस्मत !

मनिष अन्जान, काठमाण्डौ, 2018/05/29
अभिनेता पल शाहका फिल्म कम म्यूजिक भिडियो बढी रिलिज हुने गर्दछन् । उनी दैनिकजसो युट्युब र टिभिको पर्दामा छुट्दैनन् । 'स्टार' अभिनेताको ट्याग पाइसकेका उनलाई आफ्नो क्रेज बचाइराख्न म्यूजिक भिडियो कम गर्न धेरैले सुझाव नदिएका होइनन् तर उनले यी कुरा मुन्टो हल्लाइमा मात्र सिमित राखे । 
 
म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकाले उनलाई भिडियोप्रति प्रेम हुनु अनौठो होइन तर ठूलो पर्दामा जमिसकेको अनुहार दिनहुँ दर्शकमाझ पुग्नु पनि उनको करिअरका लागि निको होइन । भिडियोले दर्शकसँग उनीको निकटता त बढ्छ तर उनीप्रतिको 'चाम' रत्ति बढ्दैन । 
 
निर्देशक विकासराज आचार्यले 'नाई नभन्नू ल ४' बाट पलको क्रेजलाई मध्यनजर गर्दै लिड रोलमा ब्रेक दिएका थिए । त्यसअघि उनलाई लिएर फिल्म निर्माण गर्न निर्माता/निर्देशकले जोखिम उठाउन सकेका थिएनन् ।
 
उनको डेब्यु फिल्म हिट भयो । यसको पछाडि उनले भिडियोबाट बनाएको लोभलाग्दो फ्यान फलोइंगको ठूलो योगदान छ । 
 
चकलेटी अनुहारका धनी उनी डेब्यु फिल्मपछि छोइसक्नु भएनन् । निर्माता/निर्देशक उनलाई फिल्ममा लिनका लागि डेट कुर्न थाले ।
 
यसैबीच उनले सुदर्शन थापाको फिल्म 'म यस्तो गीत गाउँछु' साइन गरे । यसमा उनको अपोजिटमा अभिनेत्री पूजा शर्मा थिइन् । यो फिल्म पनि हिट साबित भयो । 
 
लगालग दुई फिल्म हिट दिएपछि उनको चर्चा मात्र होइन पारिश्रमिक पनि आकाशियो । बजारमा उनले एक फिल्मका लागि १८ लाख पारिश्रमिक डिमाण्ड गरेको खबर छ ।
 
दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' रिलिजको ठिक एक महिनामा उनी पुनः तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' लिएर दर्शकमाझ पुगे ।
 
उनी अभिनीत दुई हिट फिल्मको फाइदा यो फिल्मले उठाउने धेरैको अडकलबाजी थियो तर नतिजा पूरै उल्टो आयो । फिल्म बक्सअफिसमा नराम्रोसँग डुब्यो । पलको हिट फिल्मको संख्यामा ह्याट्रिक मार्ने सपना गर्भमै तुहियो ।
 
'जोनी जेन्टलम्यान' को बक्सअफिस नजिता हेरेपछि पललाई फिल्ममा लिन डेट कुरेर बसेका धेरै निर्माता/निर्देशकको होसहवास उड्यो । 
 
यस्तैमा उनलाई विग ब्यानर अर्थात् मह संचारको फिल्म 'शत्रु गते' हात पर्‍यो । घोषणाकै क्रममा यो फिल्मले बक्सअफिसमा पैसाको वर्षात गर्ने पूर्वानुमान गरिएको थियो र नतिजा पनि सोहीअनुसार आयो । मल्टिस्टारर कलाकारका कारण फिल्मले हलमा प्रदर्शनको ५१ औं दिन समेत मनाइसकेको छ । 
 
तर, रोचक कुरा यो फिल्म बक्सअफिसमा हिट हुँदा पललाई कुनै क्रेडिट गएन । अभिनयको सबै तारिफ हरिवंश आचार्य र दीपकराज गिरीले आफ्नो पोल्टामा पारे । 'शत्रु गते' ले पललाई हिट फिल्ममा ह्याट्रिक मारेको खुसी मात्र दियो । यसमा उनीमाथी दीपकराज हावी थिए । 
 
यो फिल्मको ५१ औं दिनको भब्य सक्सेस पार्टीमा पल अनुपस्थित हुनुले उनलाई 'शत्रु गते' बाट 'कागलाई बेल पाक्यो हर्ष न विस्मत' जस्तै भएको फिल्म बजारमा विश्लेषण छ । अचेल दिनहुँ म्यूजिक भिडियोमा व्यस्त उनी नयाँ प्रोजेक्टमा आबद्ध भएको खबर बाहिर आएको छैन ।
Most Visited News (monthly)