Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जाजरकोट पुगिन् रेखा, यसरी हुँदैछ 'मालिका'को गीत छायांकन

फिल्मीखबर, काठमाडौं, 2018/05/28
नायिका रेखा थापा आफ्नो नयाँ फिल्म 'मालिका' छायांकनका लागि जाजरकोट पुगेकी छन् । केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा फिल्मको गीतको छायांकन भईरहेको छ ।
 
काठमाण्डौबाट छायांकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने रेखाको भनाई छ ।  
 
जाजरकोट जिल्लाको स्थानीय भेष–भुषा र सँस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा 'मालिका' को गीत छायांकन गरिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी कोरस रहेको बताईएको छ ।
 
 
सुरेश अधिकारीको संगीत रहेको लोक लयको उक्त गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । 'मालिका' महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको रेखाले बताएकी छिन् ।
 
'मालिका'मा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
Most Visited News (monthly)