Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 4.73/5.00)
Text size:-
+
-

अनमोलले साइन गरे मिलनको फिल्म

फिल्मीखबर, काठमाडौं, 2018/05/27
'ए मेरो हजुर ३' साइन गरेको दोस्रो दिन नै सुपरस्टार अनमोल केसी निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा अनुबन्ध भएका छन् । आइतवार साँझ अनमोल र मिलनबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । 
 
अनमोल अहिले आफ्नो छैठौं फिल्म 'क्याप्टेन' मा व्यस्त छन् । यसपछि उनले झरना थापाले निर्देशन गर्ने 'ए मेरो हजुर ३' को सुटिङ ज्वाइन गर्नेछन् र त्यस लगत्तै मिलनको फिल्मलाई समय छुट्याउने तालिका छ । 
 
 
अनमोल र मिलनबीच भएको सम्झौताको बखत 'लिलिबिली' निर्माता सुदिप खड्का, स्क्रिप्ट राईटर प्रदीप भारद्धाज र अनमोलका पीता भुवन केसी साथमा थिए । प्राप्त जानकारी अनुसार, यो फिल्मको कथा प्रदीपले लेख्दैछन् । 
 
सोमवार फिल्म 'क्याप्टेन' को सुटिङका लागि मुस्ताङ जाने हुँदा रातारात अनमोलले यो फिल्म साइन गरेका हुन् । सम्झौतासँगै उनले आफ्नो पारिश्रमिक चेकमार्फत् बुझेका छन् । प्राप्त तश्बिरमा सम्झौता पत्रसँगै चेक पनि देख्न सकिन्छ । उनले यसका लागि ४० लाख पारिश्रमिक बुझेको खबर प्राप्त छ । 
 
'ए मेरो हजुर ३' रिलिजको ठिक ६ महिनापछि मात्र मिलनको यो फिल्म प्रदर्शनमा आउनेछ । फिल्मलाई मिलन र सुदिपले संयूक्त रुपमा निर्माण गर्नेछन् । यी दुईको यो दोस्रो पटक टिमअप हो । यसअघि मिलनले निर्देशन गरेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म 'लिलिबिली' लाई सुदिपले निर्माण गरेका थिए । 
 
अनमोलको लिड रोल रहने फिल्मलाई मिलन स्वयंले निर्देशन गर्नेछन् । फिल्मको सम्पूर्ण छायांकन विदेशमा हुनेछ । अहिले निर्देशक चाम्स अनमोलको अपोजिटका लागि नायिका छनौटमा छन् । 
Most Visited News (monthly)