Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चि मुसी चि’ गीतमा अलिशाको बिकिनी अवतार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/05/27

 

श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘चि मुसी चि’ को पहिलो गीत युट्युबमा रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा 'तिमीले माग्छौ भने' बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका दुई लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् । यी दुईको यो डेब्यू फिल्म हो ।

गीतका कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् । गीतमा सुनिलले आफ्नो सिक्स प्याक देखाएका छन् भने अलिशालाई साडीदेखि बिकिनी अवतारमा देख्न सकिन्छ ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

 


'डिआईडी सिजन ४' को टप १० मा समेत पर्न सफल डेब्यू ब्वाई सुनिलले ‘चि मुसी चि’ को कथाले आफूलाई आकर्षित गरेको बताए । चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका यस फिल्ममा निर्वाहा गर्न पाएकोमा प्रफुलित देखिन्छिन् ।

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

 

गीत हेर्नुस् :-

Most Visited News (monthly)