Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ निर्देशकको फिल्म गर्दै अनमोल ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/27

सुपरस्टार अनमोल केसी शनिवार मात्र झरना थापाले निर्देशन गर्ने फिल्म 'ए मेरो हजुर ३' मा अनुबन्ध भए । यस्तैमा उनले 'लिलिबिली' निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा काम गर्ने पक्का भएको खबर प्राप्त भएको छ ।

 

अभिनेता अनमोल केसी

 

यसअघि निर्देशक चाम्सले अभिनेता प्रदीप खड्कालाई साइन गर्नु अगाडि फिल्म 'लिलिबिली' कोे पहिलो अफर अनमोलसमक्ष पुगेको थियो । उनले उक्त फिल्म गर्ने मनस्थिति नबनाएपछि प्रदीपलाई अनुवन्धित गरिएको थियो । अब भने अनमोललाई लिएर फिल्म गर्ने इच्छा मिलनको पूरा हुने भएको छ ।

शनिवार अनमोलले 'ए मेरो हजुर ३' साइन गर्दा मिलन पनि साथमै थिए । खबरअनुसार, अनमोलले 'क्याप्टेन' पछि 'ए मेरो हजुर ३' गर्नेछन् । यसपछि मात्र मिलनको अनटाइटल फिल्ममा काम गर्ने मौखिक सम्झौता भएको छ ।

पूर्ण रुपमा लभस्टोरी कथामा निर्माण हुने उक्त फिल्मको अनमोलले स्क्रिप्ट सुनिसकेका छन् । यस फिल्मको अधिकांश सुटिङ विदेशमा हुनेछ । केही दिन भित्रमा नै अनमोल र मिलनबीच औपचारिक सम्झौता हुने स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ ।

 

निर्देशक मिलन चाम्स

 

'लिलिबिली' पश्चात् प्रदीपसँग 'पानी बाराबार' भएपछि मिलन, अनमोलसँग निकै नजिक थिए । प्राप्त जानकारी अनुसार, अनमोलको लिड रोल रहने फिल्मको बजेट ३ करोडमाथी हुनेछ । अहिले निर्देशक चाम्स उनका लागि नायिका छनौटमा जुटेका छन् ।

 

हरेक वर्ष एउटा मात्र फिल्म लिएर आउने अनमोलको वर्ष २०७५ मा भने दुईवटा फिल्म प्रदर्शनमा आउँदैछन् । 'क्याप्टेन' र 'ए मेरो हजुर ३' यस वर्ष प्रदर्शनमा आउनेछन् भने मिलनको फिल्म २०७६ को मध्यतिर रिलिज हुने सम्भावना छ ।

Most Visited News (monthly)