Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेबि आई लभ यू’ गीतमा सन्तोष र पूजाको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2018/05/27

जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बेबि आई लभ यू’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 'कहानी तेरो र मेरो' बोलको गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर छ । शब्द तथा संगीत पनि सन्तोषकै हो ।

सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचर्ड छन् । सन्तोषको कथा रहेको ‘बेबि आई लभ यू’ लाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा तथा संवाद पनि उनकै छ ।

सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको पनि अभिनय छ । यो फिल्म सुरज आचार्यले खिचेका हुन् ।

लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा शिव न्यौपाने निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।

भिडियो :-

Most Visited News (monthly)