Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्घटनामा परे गायक शिव परियार

फिल्मीखबर, काठमाण्डौ, 2018/05/27

चर्चित गायक शिव परियार दुर्घटनामा परेका छन् । सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफ.जेड बाइकले ठक्कर दिएको थियो ।

 

 

दाहिने खुट्टामा गहिरो चोट लागेपछि अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । यस्तै, उनको बाइकमा सवार गायक कर्णराज गिरी भने सामान्य उपचारपश्चात् घर फिर्ने तयारीमा रहेको शिवले आफ्नो आधिकारिक फेसबुकमार्फत् जानकारी दिएका छन् ।

शिवले आफू पनि अहिले खतरा मुक्त रहेको लेखेका छन् । उनी केही दिनमा नै घर फर्किन सक्ने अस्पतालबाट खबर प्राप्त छ । सयबढी आधुनिक गीतमा आफ्नो आवाज भरिसकेका गायक परियारले नेपाली फिल्मका गीतहरु पनि उतिक्कै गाएका छन् ।

Most Visited News (monthly)