Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(29 votes, avg 4.90/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ मा अनमोल अनुवन्धित, झरनाकी छोरी हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2018/05/26
सुपरस्टार अनमोल केसी 'ए मेरो हजुर' को तेस्रो सिरिजमा अनुवन्धित भएका छन् । शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले उनलाई साइन गरेका हुन् । यस फिल्मबाट झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् । 
 
अनमोल आफ्नो छैठौं फिल्म 'क्याप्टेन' को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर ३’ का लागि समय दिनेछन् । ३० लाख बढी पारिश्रमिकमा उनलाई यो फिल्ममा अनुवन्धित गरेको खबर प्राप्त छ । 
 
 
लभस्टोरी जनरामा निर्माण हुने यस फिल्मलाई फेरि झरनाले नै निर्देशन गर्नेछिन् । अहिले फिल्मका लागि गीतसंगीत तयार पार्ने काम भइरहेको छ । यसअघि 'ए मेरो हजुर २' अनमोलले नै काम गर्ने कुरा थियो तर पछि विभिन्न कारणले सम्भव भएन । 
 
'क्याप्टेन' रिलिजको ६ महिनापछि मात्र 'ए मेरो हजुर ३' प्रदर्शन गर्ने सर्तमा अनमोलले यो फिल्म  साइन गरेका हुन् । हरेक नयाँ फिल्ममा नयाँ नायिकासँग रोमान्स गर्दै आइरहेका उनको यस फिल्ममा भने झरनाकी छोरी सुहानीसँग जोडी कसिएको छ । 
 
 
सुहानी थापा
 
अनमोल जोडिएका हरेक एक फिल्म दर्शकमाझ व्यग्र प्रतिक्षामा रहने गर्छ । अब 'ए मेरो हजुर' को तेस्रो सिरिजको पनि दर्शकमा उस्तै प्रतिक्षा रहने पक्का छ । यो फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । 
 
कसरी सुध्रियो अनमोल र झरनाको सम्बन्ध ? 
 
गएको वर्ष प्रदर्शनमा आएको बल्कबस्टर फिल्म 'ए मेरो हजुर २' का लागि अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो रोजाईमा थिएनन् । यी दुईभन्दा अगाडि यो फिल्मको अफर अनमोल केसीसमक्ष पुगेको थियो । 
 
अनमोलले स्क्रिप्ट सुनेपछि फिल्म गर्ने मौखिक जानकारी दिए तर पछि विभिन्न कारणले उनी यो फिल्मको हिस्सा बन्न सकेनन् । अनमोलको यस्तो व्यवहारले झरना निकै दुखी भईन् । यसपछि अनमोल र झरनाको सम्बन्ध पूरै चिसिएको थियो । 
 
 
'ए मेरो हजुर २' हिट भएपछि यस फिल्मका निर्माता तथा झरनाका श्रीमान सुनिल कुमार थापा र वितरक मनोज राठीले घरमै पुगेर 'ए मेरो हजुर ३' का लागि अनमोललाई ५० लाख पारिश्रमिकको अफर गरे । यो खबर भुवन केसीले मिडियामा बताइसकेका छन् । 
गोप्य कुरा मिडियामा फैलाएको भन्दै भुवनसँग सुनिल रुष्ट भए । मिडियामा झरना र सुनिलले अनमोललाई ५० लाख अफर गर्दै नगरेको स्पष्टिकरण दिँदै हिँडे ।
 
यसैबीच गएको शुक्रवार राजधानीमा सम्पन्न 'दशौं डी सिने अवार्ड' मा झरनाले 'ए मेरो हजुर २' बाट उत्कृष्ट नव-निर्देशकको अवार्ड घर लैजाँदा अनमोलले 'कृ' बाट उत्कृष्ट अभिनेताको अवार्ड चुमे । 
 
झरना र अनमोलले अवार्ड कार्यक्रम सकिएपछि निर्धक्क एकअर्कासँग मिडियामा फोटो खिचाएका थिए । यसपछि यी दुईको सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । अन्ततः अवार्ड सकिएको दुई दिन नवित्दै अनमोलले झरना थापाले निर्देशन गर्ने फिल्म 'ए मेरो हजुर ३' साइन गरेका छन् । 

 

Most Visited News (monthly)