Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अवार्डमा पुष्पलाई अनमोल थ्रेट ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/26
नेपालमा वितरण हुने अवार्डप्रति दर्शक र चलचित्रकर्मीको चासो अहिले शून्य छ । नेपालमा हुनेदेखि विदेशमा वितरण हुँदै आएका नेपाली फिल्म अवार्ड विवादरहित बन्न सकेका छैनन् । पटकथा, संवाद, उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता-अभिनेत्री, उत्कृष्ट निर्देशकको विधामा प्रदान गरिने अवार्ड सबैभन्दा धेरै आलोचित हुने गर्दछ।  
 

यस वर्षका लागि दुई फिल्म अवार्ड सम्पन्न भइसकेका छन्- एनएफडिसी अवार्ड र हालै सम्पन्न दशौं डी सिने अवार्ड ।
 
यसपटक पनि यी दुवै अवार्ड विवादबाट अछुतो रहन सकेनन् । चलचित्रकर्मीले केही विधामा बाँडिएको अवार्ड हास्यास्पद रहेको टिप्पणी गरेका छन् । 
 
यी दुई अवार्डमा 'कृ' बाट उत्कृष्ट अभिनेता अनमोल केसी घोषित भए भने 'लिलिबिली' बाट उत्कृष्ट निर्देशकमा मिलन चाम्सले अवार्ड चुमेका छन् ।
 
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'मंगलम' बाट वर्ष २०७५ मा आयोजना हुने अवार्डमा उत्कृष्ट अभिनेता विधामा पुष्प खड्कालाई प्रवल दावेदार मानिएको थियो । 
 
उनी नोमिनेशनमा परे पनि यो विधामा अवार्ड चुम्न भने पाएका छैनन् । 'डी सिने अवार्ड' मा उनलाई क्रिटिक्स अवार्डतर्फ अभिनेताको अवार्ड प्रदान गरियो ।
 
जुन अवार्ड कार्यक्रममा अनमोल केसी उपस्थित हुन्छन्, त्यहाँ उत्कृष्ट अभिनेताको विधामा अन्य कलाकारले अवार्ड चुम्ने सम्भावना न्यून हुन्छ । 
 
नेपालमा एक/दुई अवार्डमा जसले मुख्य विधामा अवार्ड उचाल्छ बाँकी अन्य अवार्डमा पनि उक्त लिस्ट दोहोरिने पक्कापक्की हुन्छ ।
 
यसकारण यस वर्ष आयोजना हुने बाँकी नेपाली फिल्म अवार्डमा पनि 'कृ' बाट अनमोल केसी उत्कृष्ट अभिनेता घोषित नहोलान् भन्न सकिन्न । 
 
यसको सबैभन्दा ठूलो घाटा पुष्पमाथी पर्ने देखिन्छ । 'मंगलम' मा उनको कामको सर्वत्र तारिफ भएको थियो । उनलाई अबको स्टार अभिनेताको रुपमा समेत हेर्न थालिएको छ ।
 
तर, अवार्ड समारोहमा अनमोलको इन्ट्री भएपछि उत्कृष्ट अभिनेताको विधा उनकै कब्जामा हुन्छ । अनि, पुष्पले क्रिटिक्स अवार्ड नभए रित्तो हात फर्किनुको अरु विकल्प हुन्न । के यस वर्षको अवार्डमा पुष्पलाई अनमोल थ्रेट भएकै हुन् ? 
Most Visited News (monthly)