जापानमा 'सूर्य इन्टरनेशनल अवार्ड' आयोजना हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सूर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड गर्न लागेको हो ।
लामो समयदेखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड बाढ्न लागेको हो । जापानको टोकियोमा अहिलेसम्मकै विशाल साँस्कृतिक कार्यक्रमका बीच अवार्ड हुने आयोजक संस्थाका बासु देव लामिछानेले बताए ।
.jpg)
अवार्डमा नेपालबाट नयाँ तथा पुराना कलाकारहरु टोकियोको एउटै स्टेजमा जमघट हुनेछन् । खबरअनुसार, 'सूर्य इन्टरनेशनल अवार्ड' पपुलर अवार्ड अन्तर्गतको अवार्ड हो । अवार्डमा नेपाली फिल्म र संगीत दुबै विधामा नामिनेशन छनौट गरि अवार्ड वितरण गरिनेछ ।
फिल्म र संगीत गरि जम्मा १२ विधामा उत्कृष्ट ५ नोमिनेशन रहने र अनलाइन भोटिङको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनार्इ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा अवार्ड गरिने लामिछानेले जानकारी दिए ।

