Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब सुपरहिरो फिल्ममा दीपिका

एजेन्सी, मुम्बई, 2018/05/26
चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले 'पद्मावत' पछि नयाँ फिल्म साइन गरेकी छैनन् । रणवीर सिंहसँग विवाह हुन लागेका कारण तत्काल उनी कुनै पनि फिल्म साइन गर्ने मूडमा नभएको अफवहा छ । 
 
तर, हालैमा उनले नयाँ फिल्म साइन गरेको भारतीय मिडियाले खबर लेखेका छन् । उक्त फिल्ममा उनी 'वन्डर वुमन' को भूमिकामा देखिनेछन् । यो बलिउडको पहिलो फिमेल सुपरहिरो फिल्म हुनेछ र बजेट बलिउडको अहिलेसम्म कै सबैभन्दा बढी हुनेछ ।  
 
 
अंग्रेजी पत्रिका मुम्बई मिररमा प्रकाशित एक खबरका अनुसार, यो फिल्मका लागि दीपिकाले मार्शल आर्ट्सको तालिम लिनेछिन् । रिपोर्टका अनुसार, फिल्ममा उनको क्यारेक्टर हलिउड फिल्म 'वन्डर वुमन' बाट प्रेरित छ । फिल्मको बजेट ३ सय करोड बताइएको छ । 
 
दीपिका पद्मावतपछि विशाल भारद्वाजसँग नयाँ फिल्म 'सपना दीदी' को छायांकनमा विजी हुँदैछिन् तर अचानक इरफान खानको स्वास्थ्य अवस्था ठिक नभएपछि यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । यसका कारण दीपिकाले कुनै पनि नयाँ फिल्म साइन गरेकी थिइनन् र अब उनी सुपर वुमन फिल्मको हिस्सा बन्दैछिन् ।  
Most Visited News (monthly)